सोमबार, असार १६ गते २०८२ Jun 30 2025 Monday
images
images

समाचार

चीनमा एमबिबिएस गरेका विद्यार्थीलाई कागजपत्रसहित काउन्सिलमा बोलाइयो


  • 4.8K
    SHARES
  • https://indrenipost.com/index.php/posts/720
    असोज २, २०७८ शनिबार
    चीनमा एमबिबिएस गरेका विद्यार्थीलाई कागजपत्रसहित काउन्सिलमा बोलाइयो

    काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कोरोना महामारीका कारण चीनमा इन्टर्नसिप रोकिएका सन् २०१४ ब्याचका विद्यार्थीलाई कागजपत्रसहित कार्यालयमा उपस्थित हुन आग्रह गरेको छ । चिकित्सा शिक्षा आयोगको असार २३ गतेको सूचना अनुसार नेपालमा इन्टर्नसिप गर्न पाउँ भनि आवेदन दिएका १६५ जना विद्यार्थीलाई  काउन्सिलमा बोलाएको हो ।

    आयोगले तोकेको फारम भरी फारममा दिइएको विवरणमा उल्लेख भएको कागजपत्र सहित असोज ४, ५ र ६ गते बिहान १० देखि ३ बजेसम्ममा काउन्सिलको कार्यालयमा आउन आग्रह गरिएको छ । 

    इन्टर्नसिप गर्ने विद्यार्थी स्वयं उपस्थित भइ फारम बुझाउन र प्रमाणपत्र रुजु गराउनुपर्ने काउन्सिलले जनाएको छ । कोरोना महामारीका कारण चीनका विभिन्न मेडिकल कलेजमा अध्ययनरत नेपाली विद्यार्थीहरुले इन्टर्नसिप पूरा गर्न पाएका थिएनन् । उनीहरुले नेपालमै इन्टर्नसिप गर्ने वातावरण मिलाइदिन भन्दै शिक्षा मन्त्रालय, काउन्सिल र आयोगमा पटक पटक निवेदन समेत दिएका थिए ।

    विद्यार्थीहरुको निवेदन पछि आयोगले असर २३ गते सन् २०१४ ब्याजका विद्यार्थीहरुका लागि नेपालमै इन्टर्नसिप गर्ने व्यवस्था मिलाउन आवेदन खुला गरेको थियो ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij