शुक्रबार, भदौ २० गते २०८२ Sep 05 2025 Friday
images
images

हत्या अभियोगका फरार प्रतिवादी २१ वर्षपछि पक्राउ


  • 1000
    SHARES
  • https://indrenipost.com/index.php/posts/9580
    साउन ५, २०८२ सोमबार
    हत्या अभियोगका फरार प्रतिवादी २१ वर्षपछि पक्राउ

    किमाथाङ्का सङ्खुवासभा, ५ साउनः सङ्खुवासभामा हत्या आरोप लागेका एक फरार प्रतिवादी २१ वर्षपछि पक्राउ परेका छन्। भोजपुरको जरायोटार निवासी ३६ वर्षीय पर्शुराम विश्वकर्माको हत्या प्रकरणमा संलग्न अभियुक्त शम्शेरबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको हो।
    चैनपुर नगरपालिका–९ खाम्लिङका ६२ वर्षीय तामाङलाई जिल्ला प्रहरी कार्यालयको टोलीले खाम्लिङस्थित उनको घर नजिकैबाट पक्राउ गरेको प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिएका छन।
    २०६१ साल चैत २२ गते खाँदबारी नगरपालिका –९ तुम्लिङटारबाट चैनपुर नगरपालिका –११ सातटारेतर्फ जाँदै गर्दा विश्वकर्माको हत्या भएको थियो। त्यसयता फरार रहेका तामाङलाई प्रहरीले विशेष सूचनाका आधारमा पक्राउ गरेको हो ।
    तामाङ कर्तव्य ज्यान मुद्दामा संलग्न रही पुनरावेदन अदालत धनकुटाबाट २०६९ साल असार १७ गते दुई वर्ष कैद सजाय सुनाइएको थियो। हत्या घटनामा संलग्न भएको आरोपमा हालसम्म तीन जना पक्राउ परिसकेको प्रहरीले जनाएको छ।
    जिल्ला प्रहरी कार्यालयका अनुसार गत आर्थिक वर्षमा सङ्खुवासभामा २८ जना फरार प्रतिवादी पक्राउ परेका थिए भने चालु आर्थिक वर्षको सुरुवातमा एक जना पक्राउ परिसकेका छन्।

     

     

     

     

     

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij