शुक्रबार, भदौ २० गते २०८२ Sep 05 2025 Friday
images
images

बागमतीका मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिँदै


  • 1000
    SHARES
  • https://indrenipost.com/index.php/posts/9818
    साउन २७, २०८२ मंगलबार
    बागमतीका मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिँदै

    बागमती, २७ साउनः बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज अपराह्न ४ः०० बजे बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिँदै छन । बैठकको सम्भावित कार्यसूचीअनुसार मुख्यमन्त्री बानियाँले विश्वासको मत प्राप्त गर्ने प्रस्ताव पेस गर्ने तयारी गरिएको प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलले जानकारी दिए ।
    नेपाली कांग्रेस र नेकपा एमालेका ६४ जना प्रदेशसभा सदस्यको समर्थनमा यही साउन २० गते मुख्यमन्त्री नियुक्त भएका बानियाँले एक सातापछि विश्वासको मत लिन लागेका छन । नेपालको संविधानको धारा १६८(४) तथा प्रदेशसभा नियमावली २०७४ को नियम १४३(१)) बमोजिम ३० दिनभित्र विश्वासको मत लिने प्रावधानअनुसार उनले प्रस्ताव अघि बढाउन लागेका हुन ।
    यसैबीच सत्तारुढ कांग्रेस र एमालेले आफ्ना प्रदेशसभा सदस्यलाई अनिवार्य उपस्थित भई विश्वासको मत दिन ह्वीप जारी गरेका छन् । कांग्रेसका सदस्य सचिव मीनकृष्ण महर्जन र एमालेका प्रमुख सचेतक एकालाल श्रेष्ठले संयुक्त रूपमा ह्वीप जारी गरेका छन ।
    प्रदेशसभाको बैठक आजदेखि नयाँ भवनमा सञ्चालन हुँदैछ । भवनको सम्पूर्ण निर्माण कार्य सम्पन्न भई हस्तान्तरण भइसकेकाले आजको बैठक त्यहाँ आयोजना गर्न लागिएको हो । २०७७ मङ्सिर १० गते शिलान्यास भई १८ महिनामा सक्ने लक्ष्यसहित सुरु गरिएको निर्माण कार्य ठेकेदारको ढिलाइका कारण करिब पाँच वर्षपछि सम्पन्न भएको हो । पाँच करोड २९ लाख रुपैयाँ लागतमा अर्घाखाँची–सगुन–पारामाउन्ट जेभीले भवन निर्माण गरेको हो ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij