मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

राजनीति

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै


  • 1.1K
    SHARES
  • https://indrenipost.com/posts/1040
    असोज २०, २०७८ बुधबार
    माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

    काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ ।सरकारमा पठाउने मन्त्रीको नामावली टुंगो लगाउन माओवादीले स्थायी कमिटी बैठक बोलाएको हो । 

    बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले जानकारी दिए । माओवादी केन्द्रले अर्थ र ऊर्जा मन्त्रालय लिइसकेको छ । अब शिक्षा, श्रम र भूमिसुधार मन्त्रालय पाउने बताइएको छ । 

    माओवादीले मन्त्रीको नाम टुंग्याउने जिम्मा यसअघि नै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ । 

  • सम्बन्धित विषय:

  • # नेकपा (माओवादी केन्द्र)
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij