जाजरकोट, २४ साउन — अखिल नेपाल महिला संघ क्रान्तिकारीको सातौँ राष्ट्रिय सम्मेलनको तयारी अन्तर्गत जाजरकोटका सबै पालिकामा महिलाहरुको व्यापक सहभागितामा भेला तथा प्रशिक्षण कार्यक्रमहरु भव्य रुपमा सम्पन्न भइरहेका छन् ।
भेरी नगरपालिकाबाट सुरु भएको यो अभियान शिवालय गाउँपालिका, छेडागाड नगरपालिका, जुनीचाँदे गाउँपालिका, नलगाड नगरपालिका हुँदै बारेकोट गाउँपालिकासम्म शानदार ढंगले सम्पन्न भएको हो । अब कुसे गाउँपालिकामा वडा स्तरका कार्यक्रम सम्पन्न गरी पालिका स्तरमा लैजाने तयारी भइरहेको महिला नेताहरुले जनाएका छन् । अन्य पालिकामा पनि वडा र टोलस्तरमा उल्लेखनीय सहभागिता देखिएको छ ।
महिला संघकी केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज कृष्णा शाह, प्रदेश उपाध्यक्ष देवका लामिछाने, जिल्ला संयोजक राममाया हमाल, प्रदेश सदस्य शिवा आचार्य लगायत महिला नेतृ तथा स्थानीय पार्टी नेताहरुको उपस्थिति र सहभागितामा कार्यक्रमहरु भइरहेको संयोजक हमालले बताइन् ।
मध्य वर्षाको प्रतिकूल मौसममा पनि महिलाहरुको जोश र सक्रिय सहभागिताले जनयुद्ध कालको महिलाहरुको उर्जा र योगदानलाई स्मरण गराएको छ । स्मरणीय छ, जनयुद्धको प्रारम्भदेखि नै महिला छापामारहरु जाजरकोटमा सक्रिय रूपमा सहभागी थिए र आजको समावेशी राज्यको महत्वपूर्ण श्रेय माओवादी जनयुद्धलाई नै जान्छ ।