मंगलबार, असार १० गते २०८२ Jun 24 2025 Tuesday
images
images

कोरोना कहर

पछिल्लो २४ घण्टामा १०४३ जनामा कोरोना संक्रमण पुष्टि, १२ जनाको मृत्यु


  • 973
    SHARES
  • https://indrenipost.com/posts/1052
    असोज २०, २०७८ बुधबार
    पछिल्लो २४ घण्टामा १०४३ जनामा कोरोना संक्रमण पुष्टि, १२ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर एक हजार ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १५ हजार ४६५ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा एक हजार ४३ जनामा संक्रमण पुष्टि भएको हो ।

    स्वास्थ्य मन्त्रालयका अनुसार ११ हजार १६५ जनाको पिअिसार परीक्षण गर्दा ८९१ र चार हजार ३०० जनाको एन्टीजेन परीक्षण गर्दा १९४ जनामा संक्रमण पुष्टि भएको हो । 

    आज देशभर ८९१ संक्रमित निको भई डिस्चार्ज भएका छन्। पछिल्लो २४ घण्टामा १२ जना संक्रमितको मृत्यु भएको छ ।

    देशभर १६ हजार १९४ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। तीमध्ये १४ हजार ९७५ होम आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेसनमा एक हजार २१९ संक्रमित छन् भने ३३८ जना आइसियुमा र ११५ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ । देशभर ४७६ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर ५९ हजार ११२ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij