मंगलबार, असार १० गते २०८२ Jun 24 2025 Tuesday
images
images

इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा

डीभीको आवेदन खुल्यो


  • 1.2K
    SHARES
  • https://indrenipost.com/posts/1064
    असोज २१, २०७८ बिहीबार
    डीभीको आवेदन खुल्यो

    काठमाडौं । अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा डीभीको आवेदन खुलेको छ । काठमाडौँस्थित अमेरिकी दूतावासका अनुसार नेपाली समय बुधबार राति ९:४५ बजे देखि आवेदन खुला भएको हो ।

    डीभीको आवेदन कात्तिक २३ गते बन्द हुने जानकारी पनि दूतावासले दिएको छ । डीभीको आवेदन  www.dvlottery.state.gov वेबसाइटमा गएर भर्न सकिन्छ ।​ डीभी आवेदन दिन कुनै शुल्क लाग्ने छैन । डीभी चिट्ठा भर्न परिवारका सदस्य, साथी वा जानकार व्यक्तिको सहयोग लिन तर कुनै कन्सल्टेन्टकहाँ नजान सुझाव पनि दूतावासले दिएको छ ।

    दूतावासका अनुसार डीभी भर्दा परिवारका सबै सदस्यको स्पष्ट विवरण राख्नुपर्नेछ भने एउटाभन्दा बढी आवेदन दिने व्यक्ति अयोग्य ठहरिनेछ । डीभी आवेदन दिँदा ६ महिनाभित्र खिचिएको फोटो मात्र प्रयोग गर्न पाइनेछ । अनलाइनमा उल्लिखित फोटोसम्बन्धी नियम पालना गर्नुपर्नेछ ।

    यस्तै मुख्य आवेदकको वैध, म्याद नसकिएको राहदानीको विवरण आवेदनमा राख्नुपर्नेछ । डीभी भरिसकेपछि कन्फर्मेसन नम्बर सुरक्षित राख्नुपर्छ। किनकि पछि यही नम्बरबाट आफूलाई चिट्ठा पर्यो’परेन भन्ने थाहा हुन्छ । तर आफ्नो कन्फर्मेशन नम्बर गोप्य राख्न दूतावासले सचेत गराएको छ । 

    डीभीमा आफ्नो नाम छनोट भए नभएको थाहा पाउन २०७९ वैशाख २५ गतेदेखि  www.dvlottery.state.gov मा आफ्नो कन्फर्मेसन नम्बर हाल्नुपर्छ । 

    डीभीको आवेदन भर्दा इमेल ठेगाना राख्नुपर्ने भए पनि आफू छनोट भएको खबर यसमा आउँदैन । ५५ हजार विदेशीलाई भिसाका लागि छनोट गरिने बताइएको छ । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij