मंगलबार, असार १० गते २०८२ Jun 24 2025 Tuesday
images
images

कोभिड-१९

काठमाडौं महानगरमा भोलिदेखि कोरोनाविरुद्धको पहिलो डोज खोप लगाइने


  • 775
    SHARES
  • https://indrenipost.com/posts/1070
    असोज २१, २०७८ बिहीबार
    काठमाडौं महानगरमा भोलिदेखि कोरोनाविरुद्धको पहिलो डोज खोप लगाइने

    काठमाडौं । काठमाडौंमा भोलिदेखि कोभिड १९ विरुद्धको पहिलो डोज खोप दिइने भएको छ ।

    काठमाडौं महानगरपालिकाको ३२ वटै वडामा रहेका खोप केन्द्रमा खोप लगाउने कार्यक्रम सञ्चालन हुने महानगरपालिकाले जनाएको छ । त्यस्तै नेपाल प्रहरी, वीर, निजामती, परोपकार प्रसुती र वीरेन्द्र सैनिक अस्पतालमा पनि खोप लगाउने व्यवस्था रहेको काठमाडौं महानगरपालिकाले जनाएको छ ।

    खोप १८ वर्ष पूरा भएका सम्पूर्ण नागरिकहरुलाई लगाइने महानगरपालिकाले जनाएको छ । विहान १० बजेदेखि ४ बजेसम्म खोप लगाउन पाइने छ ।

    खोप लगाउन जाँदा परिचय खुल्ने फोटो सहितको परिचय पत्र र विद्युतीय दर्ता नम्बरसहित नजिकको खोप केन्द्रमा गई भिडभाड नगरी खोप लगाउन महानगरपालिकाले नगरबासीहरुलाई अनुरोध गरेको छ ।

    covid ktm.jpg

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij