सोमबार, असार ९ गते २०८२ Jun 23 2025 Monday
images
images

कोभिड-१९

फाइजरद्धारा ५ देखि ११ वर्षका बालबालिकालाई खोप लगाउने अनुमति


  • 838
    SHARES
  • https://indrenipost.com/posts/1079
    असोज २२, २०७८ शुक्रबार
    फाइजरद्धारा ५ देखि ११ वर्षका बालबालिकालाई खोप लगाउने अनुमति

    काठमाडौं । फाइजर कम्पनीले अमेरिकाका ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई कोरोना भाइरस विरुद्धको खोपको आपतकालिन प्रयोगको अनुमति माग गरेको छ ।

    आफूले उत्पादन गरेको खोप बालबालिकाको लागि प्रभावकारी देखिएको दाबी गर्दै फाइजरले यस्तो अनुमति माग गरेको हो । फाइजरले बालबालिकामा खोपको आपत्कालीन प्रयोगका लागि अमेरिकाको खाद्य एवं औषधि प्रशासन (एफडीए)सँग अनुमति माग गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

    फाइजरका वरिष्ठ उपाध्यक्ष डा.बिल ग्रबरले परीक्षणबाट खोप प्रभावकारी देखिएको बताए । ‘दोस्रो डोज खोप लगाइसकेपछि पाँच देखि ११ वर्ष उमेर समूहका बालबालिकामा कोरोनासँग लड्न सक्ने एन्टीबडीको विकास भएको हामीले पाएका छौँ,’ उनले भने, ‘यो खोप सुरक्षित भएकाले बालबालिकालाई ढुक्कसँग लगाउन सकिने छ ।’

    यसअघि फाइजरले जर्मन बायोएनटेकसँग मिलेर बनाएको खोप १२ वर्षमाथि उमेर समूहका बालबालिकालाई लगाइएको थियो । त्यो खोप बालबालिकामा प्रभावकारी देखिइसकेको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij