अनेरास्ववियू जुम्लाले मनायो बेनोज स्मृति)
तत्कालीन अखिल (क्रान्तिकारी) का उपाध्यक्ष बेनोज अधिकारीको 18 औं स्मृति दिवसको अवसरमा अनेरास्ववियू (जुम्ला)ले जुम्ला जिल्लामा एक कार्यक्रम गरि सम्झेको छ। सो कार्यक्रममा महान सहिद बेनोज प्रती श्वद्वान्जली ब्याक्त गर्दै अनेरास्ववियू (जुम्ला) का संयोजक मिनराज आचार्यले हिजो कलम माग्दा राज्यले गोलि दियो र त्यस्ता हजार गोलिको सामाना गर्ने बेनज अधिकारीहरुको योगदानले गर्दा आज सर्वसाधारणले बिधालयको ढोका देख्न पाएका छन भन्दै ति महान जनयुद्धमा आहुती दिने तमाम सहिदहरु प्रती उच्च सम्मान ब्यक्त गर्नुभयो।
सो कार्यक्रममा अनेरास्ववियूका केन्द्रिय नेतादोय अम्मरजंङ शाही,रमेश शाही र नेकपा प्रदेश कमिटी सदस्य एवम नेकपा जिल्लाकमिटी सदस्य समेतको उपस्थिति रहेको थियो।