आइतबार, साउन १८ गते २०८२ Aug 03 2025 Sunday
images
images

भेरी नदीमा जलसतह बढ्दा तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह


  • 865
    SHARES
  • https://indrenipost.com/posts/9656
    साउन १३, २०८२ मंगलबार
    भेरी नदीमा जलसतह बढ्दा तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह

    काँक्रेविहार सुर्खेत, १३ साउन – भेरी नदीमा पानीको सतह बढेको भन्दै जाजरकोट जिल्ला प्रशासन कार्यालयले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ । भेरी नगरपालिका–१ रिम्ना जाजरकोटस्थित भेरी रिम्जलमापन केन्द्रमा पानीको वहावमा वृद्धि भएपछि जोखिम हुन सक्ने भन्दै सतर्क रहन प्रशासनले आग्रह गरेको हो ।
    जाजरकोटका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मङ्ग्रातीले जलसतह खतरा तहको आसपास पुगेकाले नदी किनारमा बसोबास गर्नेहरूलाई सर्तक रहन सूचित गरिएको जानकारी दिएका छन । उनले भने, “भेरी नदीमा जलसतह बढ्दो क्रममा छ, नदी किनारका बस्तीलाई सतर्क रहन र आवश्यक सावधानी अपनाउन भनिएको छ । प्रहरीलाई पनि आवश्यक तयारीमा रहन भनिएको छ ।”
    यस्तै, डोल्पाका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले पनि भेरी नदीमा पानीको सतह बढेकाले सतर्कता आवश्यक रहेको बताउँदै सम्भावित जोखिम न्यूनीकरणका लागि आवश्यक सूचना प्रवाह गरिएको जानकारी दिए ।
    प्रशासनले नागरिकलाई अनावश्यक रुपमा नदी किनारतर्फ नजान, बालबालिकालाई विशेष निगरानीमा राख्न र आकस्मिक अवस्थाको जानकारी तुरुन्तै नजिकको सुरक्षा निकायलाई दिन आग्रह गरेको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij