मंगलबार, साउन २० गते २०८२ Aug 05 2025 Tuesday
images
images

पहिराले कालीगण्डकी करिडोर सहित गुल्मीका विभिन्न सडक अवरुद्ध


  • 316
    SHARES
  • https://indrenipost.com/posts/9740
    साउन २०, २०८२ मंगलबार
    पहिराले कालीगण्डकी करिडोर सहित गुल्मीका विभिन्न सडक अवरुद्ध

    गुल्मी, २० साउनः लगातारको वर्षापछि आएको पहिरोका कारण कालीगण्डकी करिडोरका तीन खण्डसहित गुल्मीका विभिन्न सडकमा आवतजावत पूर्ण रूपमा रोकिएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी गङ्गाबहादुर सारुका अनुसार कालीगण्डकी गाउँपालिकाको वडा नं १, २ र ३ मा पर्ने गरगरे, राक्से र कनौटामा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको हो ।
    त्यस्तै, रिडी–वामीटक्सार सडकअन्तर्गत सत्यवती गाउँपालिका–६ को डहरे खोला, चन्द्रकोट गाउँपालिका –८ को तल्लाफाँट र रिडी–खज्र्याङ सडक खण्ड पनि पहिरोका कारण बन्द छन् ।
    गुल्मीसहित आसपासका क्षेत्रमा विगत तीन दिनदेखि लगातार हल्का र मध्यम खालको वर्षा भइरहेको छ । निरन्तरको वर्षाले कालीगण्डकी नदीको जलस्तर समेत बढ्न थालेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । प्रशासनले नदी किनारका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij