काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि १८ वर्षमथिका सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोप दिँदैछ ।
यसअघि खोप केन्द्र रहेका ३२ वटै वडाका केन्द्र र केही थप गरिएका केन्द्रबाट आजदेखि यही असोज २४ गतेसम्म १८ वर्षमाथिको सबै नागरिकलाई भेरोसेल खोपको पहिलो मात्रा दिइने महानगरपालिकाले जनाएको छ ।
दशैँ सहितका चाडपर्वमा बढ्न सक्ने कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै खोप अभियान सञ्चालन गरिएको काठमाडौं महानगरपालिकाको जनस्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवरले जानकारी दिए ।