सोमबार, असार ९ गते २०८२ Jun 23 2025 Monday
images
images

कोरोना कहर

आइपुग्यो १० लाख डोज कोभिसिल्ड खोप


  • 1.3K
    SHARES
  • https://indrenipost.com/posts/1100
    असोज २३, २०७८ शनिबार
    आइपुग्यो १० लाख डोज कोभिसिल्ड खोप

    काठमाडौं ।  खरिद गरिए पनि आउन बाँकी १० लाख डोज कोभिसिल्ड खोप आइपुगेको छ । भारतको सेरम इन्स्टिच्युट अफ इन्डियासँग खरिद गरेको झण्डै साढे सात महिनापछि खोप आज आइपुगेको हो ।

    खोप दिउँसो साढे २ बजे काठमाडौं आइपुगेको  हो ।

    नेपालले गत ५ फागुनमा सेरमसँग प्रतिडोज ४ डलरका दरले २० लाख डोज खोप खरिद गर्ने सम्झौता गरेको थियो । सम्झौताअनुसार १० लाख डोज त्यसै वेला आए पनि १० लाख डोज आउन बाँकी थियो । समयमै खोप नआउँदा झण्डै पहिलो डोज लगाएका ज्येष्ठ नागरिकसहित झण्डै १३ लाख व्यक्ति समयमै दोस्रो डोज लगाउनबाट वञ्चित भएका थिए ।

    यसअघि भारत सरकारले सेरमबाट उत्पादित १० लाख डोज कोभिसिल्ड खोप उपलब्ध गराएको थियो। त्यसलगत्तै भारतीय सेनाले नेपाली सेनालाई उपहार स्वरूप १ लाख डोज कोभिसिल्ड पठाएको थियो ।

    त्यसपछि कोभ्याक्स सुविधामार्फत आएको ३ लाख ४८ हजार र खरिद गरेको २० लाखमध्ये १० लाख गरी कुल २४ लाख ४८ हजार डोज कोभिसिल्ड खोप नेपाल आइसकेको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij