सोमबार, असार ९ गते २०८२ Jun 23 2025 Monday
images
images

समाचार

​​​​​​​घान्द्रुकमा जीप दुर्घटना हुँदा चालकसहित ८ यात्रुको मृत्यु


  • 1.0K
    SHARES
  • https://indrenipost.com/posts/1118
    असोज २५, २०७८ सोमबार
    ​​​​​​​घान्द्रुकमा जीप दुर्घटना हुँदा चालकसहित ८ यात्रुको मृत्यु

    पोखरा । कास्कीको घान्द्रुकमा जीप दुर्घटना हुँदा चालकसहित ८ जनाको घटनास्थलमै मृत्यु भएको छ । जीपमा सवार ९ जनामध्ये १ जना भने भीरमा अड्किएर बाँच्न सफल भएका छन् ।

    उनीहरूको प्रहरी र स्थानीयबासीले उद्धार गरिरहेको छ । मृतकको सनाखत गर्ने तयारी गरेको कास्की प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास हमालले बताए । 

    पोखराबाट घान्द्रुक जान सोमबार दिउँसो २ बजे छुटेको ग १ ज ६९०० नम्बरको बोलेरो जीप दुर्घटनामा परेको हो ।

    घान्द्रुकको कलाभीरमा पुगेर जीप मोदी खोलामा खसेको स्थानीयबासीले बताएका छन् । जीपमा सवार यात्रु घान्द्रुक घुम्न गएको डिएसपी हमालले बताए ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij