भारत र चीनबीच पूर्वी लद्दाखमा जारी सीमा विवादबारे आइतबार वरिष्ठ सैन्य कमान्डरस्तरीय १३औं वार्ता बिनानिष्कर्ष टुंगिएको छ ।
भारतले चीन एलएससी (वास्तविक नियन्त्रण रेखा) यथास्थिति कायम गर्न सहमत नभएको आरोप लगाएको छ । अहिले पूर्वी लद्दाखस्थ्ति एलएसीमा दुई देशबीच हट स्प्रिङ्स, डेपसाङ बल्ज र चार्डिङ नुल्लाह जङ्क्सनका विषयमा विवाद छ ।
उक्त वार्तापछि दुवै देशका सेनाले वक्तव्य जारी गरेका छन् । चीनले जारी गरेको वक्तव्यमा भारतले अनुचित माग राखेको आरोप लगाएको छ भने भारतीय पक्षले विवाद समाधानका लागि आफूले राखेको रचनात्मक सल्लाहमा चिनियाँ पक्ष सहमत नभएको दाबी गरेको छ ।
भारतका सेना प्रमुख जनरल मनोज मुकुन्द नरवणेले गत हप्ता नै भनेका थिए, चीनले एलएसीनजिक ठूलो मात्रामा पूर्वाधार निर्माणका काम गरिरहेको छ र यस्तो लाग्छ, त्यहाँबाट सेना ९चिनियाँ० अर्को हिउँदसम्म पनि पछि हट्ने विचारमा छैनन् ।
चीनको पिपुल्स लिबरेसन आर्मी (पीएलए) वेस्टर्न थिएटर कमान्डका प्रवक्ता लङ साहोआका अनुसार दुई देशबीच मोल्दो–चुसुल मिटिङ प्वइन्टमा चिनियाँ क्षेत्रतर्फ भएको हो ।
वार्तापछि विज्ञप्ति जारी गरी लङले भनेका छन्, ‘चीनले सीमामा जारी गतिरोध अन्त्य गर्न र तनाव हटाउन धेरै प्रयास गर्यो र दुई देशका सेनाबीच राम्रो सम्बन्ध बनाइराख्न आफ्नतार्फबाट पूरै इमान्दारी देखाइयो ।’