सोमबार, असार ९ गते २०८२ Jun 23 2025 Monday
images
images

समाचार

मोतीपुर घटनाका मृतकका परिवारलाई जनही १ लाख दिइने

समस्या समाधान सुझाव कार्यदल गठन


  • 1.0K
    SHARES
  • https://indrenipost.com/posts/1127
    असोज २५, २०७८ सोमबार
    मोतीपुर घटनाका मृतकका परिवारलाई जनही १ लाख दिइने

    पोखरा । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले बुटवलको रुपन्देही मोतीपुरका वास्तविक सुकुम्वासीको समस्या हल गर्नका लागि  तत्काल पहल  थाल्न निर्देशन दिएका छन् । सोमबार बसेको सुरक्षा समितिको बैठकमा केसीले सुकुम्वासी समस्या समाधान सुझाव कार्यदल निर्माण गर्नका लागि रुपन्देहीका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन समेत दिएका हुन् ।

    बैठकले सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समस्या समाधान सुझाव कार्यकालमा सुरक्षा निकायका प्रमुख, मालपोत कार्यालय रुपन्देहीको प्रतिनिधि, नापी कार्यालय रुपन्देही प्रतिनिधि, औद्योगिक ग्राम रुपन्देहीको प्रतिनिधि, भूमिहीनको प्रतिनिधि लगायतको टोलीले सम्मिलित एक कार्यदल गठनका लागि प्रमुख जिल्ला अधिकारीलाई जिम्मेवारी प्रदान गरेको छ ।

    त्यस्तै बैठकले मृतकका परिवारलाई जनही १ लाख राहतस्वरुप प्रदान गर्ने  निर्णयसमेत गरेको छ । प्रदेश सरकारकाबाट मोतीपुर घटनाका मृतकहरुमा समवेदना व्यक्त गर्ने, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै मृतकका परिवारलाई प्रतिव्यक्ति १ लाख राहत प्रदान गर्नका लागि मुख्यमन्त्री कुलप्रसाद केसीले आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्मालाई जिम्मेवारी प्रदान गरेका छन् । 

    यस्तै दुवै पक्षबाट भएका घाइतेहरूको उपचारको जिम्मेवारी राज्यले लिने पनि जनाइएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij