सोमबार, असार ९ गते २०८२ Jun 23 2025 Monday
images
images

कोभिड-१९ अध्यावधिक

पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु, ७८५ जनामा संक्रमण पुष्टि


  • 748
    SHARES
  • https://indrenipost.com/posts/1128
    असोज २५, २०७८ सोमबार
    पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु, ७८५ जनामा संक्रमण पुष्टि

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ७ सय ८५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । १२ हजार १९५ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ६६३ तथा एन्टिजेन विधिबाट १२२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    नेपालमा हाल सक्रिय संक्रमितको संख्या १४ हजार ७८७ रहेको छ । यसमध्ये १३ हजार ६२२ जना होम आइसोलेसन, १ हजार १६५ जना संस्थागत आइसोलेसन, ३ सय १४ जना सघन उपचार कक्ष तथा १११ जना भेन्टिलेटरमा रहेका छन् ।

    यही अवधिमा थप ८ सय ८८ जना निको भएका छन् भने १२ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा १ लाख २७ हजार ५३२ जनाले खोप लगाएका छन् ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij