सोमबार, असार ९ गते २०८२ Jun 23 2025 Monday
images
images

दुर्घटनामा ज्यान गुमाउनेका परिवारलाई उचित क्षतिपूर्ति दिन प्रचण्डको आग्रह


  • 1.1K
    SHARES
  • https://indrenipost.com/posts/1168
    असोज २७, २०७८ बुधबार
    दुर्घटनामा ज्यान गुमाउनेका परिवारलाई उचित क्षतिपूर्ति दिन प्रचण्डको आग्रह

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बस दुर्घटनामा परी ज्यान गुमाउनेका परिवारलाई उचित क्षतिपूर्ति र घाइतेहरूको निःशुल्क स्वास्थ्योपचारका लागि सरकारसँग विशेष आग्रह गरेका छन् ।

    मंगलबार मुगुमा भएको बस दुर्घटना र त्यसमा ३२ यात्रुको मृत्युको खबरले सबैलाई स्तब्ध बनाएको उनले उल्लेख गरेका छन् । कास्की, अछामलगायत देशका विभिन्न भागहरूमा भएका सडक दुर्घटनाका खबरले थप मर्माहत बनाएको उनले बताएका छन् ।

    दुर्घटनामा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनले शोक सन्तप्त परिवार तथा आफन्तजनमा गहिरो समवेदना प्रकट गरेका छन् । घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन् ।

    यस प्रकारका घटना न्यूनीकरण गर्न सम्बन्धित स्थानीय निकाय, प्रदेश र सिंगो राज्यलाई विशेष ध्यान पुर्‍याउन आग्रह गर्दछु, बुधबार एक सन्देश जारी गर्दै उनले भनेका छन्, सम्पूर्ण दिवंगत नागरिकहरूमा श्रद्धाञ्जली अर्पण गर्दै चाडपर्वका दिनमा परिवार तथा आफन्तजनमा परेको यसप्रकारको विपद्प्रति दुःख व्यक्त गर्दछु ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij