सोमबार, असार ९ गते २०८२ Jun 23 2025 Monday
images
images

मन्त्री नपाएको झोक

जसपा कार्यालय अगाडि अध्यक्ष यादवको पुत्ला दहन


  • 1.1K
    SHARES
  • https://indrenipost.com/posts/1188
    असोज २८, २०७८ बिहीबार
    जसपा कार्यालय अगाडि अध्यक्ष यादवको पुत्ला दहन

    काठमाडौं । मन्त्री चयन गरेको विषयमा असन्तुष्ट जनता समाजवादी पार्टी (जसपा)का कार्यकर्ताहरुले जसपाको केन्द्रीय कार्यालयमै पार्टी अध्यक्ष उपेन्द्र यादवको पुत्ला जलाएका छन् । यसअघि उनीहरुले वीरगञ्जमा पुत्ला जलाएका थिए । 

    वीरगञ्जमा मात्र पुत्ला जलाएर चित्त नबुझेपछि उनीहरु काठमाडौं आएर पुत्ला जलाउने निर्णय गरे । काठमाडौंमा पनि उनीहरुले पार्टी कार्यालय रोजे । जसपाका कार्यकर्ताहरुले अध्यक्ष यादवको पुत्ला मात्र जलाएनन् अध्यक्षविरुद्ध नाराबाजीसमेत गरेका थिए । 

    प्रदीप यादवलाई मन्त्री नबनाएको झ्वाँकमा यादव निकट कार्यकर्ताहरुले अध्यक्ष यादवको पुत्ला जलाएका हुन् । उनीहरुले अध्यक्ष यादवको राजीनामासमेत मागेका छन् ।  

    प्रदीप यादवलाई तत्काल मन्त्री नबनाए झनै ठूलो आन्दोलन गर्ने चेतावनी उनीहरुले दिएका छन् । मन्त्री नबनाएकोमा अध्यक्ष यादवसँग प्रदीप यादव र प्रमोद साह निकै आक्रोशित भएका छन् । 

    ‘अध्यक्ष ज्यूले मन्त्रीमा सिफारिश गर्छु भनी दिनुभयो । अन्तिम समयमा मेरो नाम मन्त्रीको सूचीबाट हटाउनु भयो’ साहले भने, ‘यो भनेको ममाथि ठूलो बज्रपात हो ।’

    अध्यक्ष यादवले जसपाबाट ३ जना यादव र एक जना गैरयादवलाई सरकारमा पठाएका छन् ।  यादवलाई मात्र मन्त्री बनाएको भन्दै गैर यादव सांसदहरु अध्यक्षसँग आक्रोशित भएका छन् । अध्यक्षसँग आक्रोशित सांसदहरुले नयाँ पार्टी नखोल्ने तर पार्टीभित्रै संघर्ष गर्ने घोषणा गरेका छन् । 

    नयाँ पार्टी खोल्न उनीहरुसँग ४० प्रतिशत सांसद पुग्दैन । राजनीतिक दल सम्बन्धी अध्यादेश खारेज नभएको भए जसपा फुट्ने निश्चित थियो । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij