सोमबार, असार ९ गते २०८२ Jun 23 2025 Monday
images
images

नेशनल डिफेन्स कोर्समा सहभागी प्रशिक्षार्थी र अधिकारीहरु आज नेपाल आउँदै


  • 1.2K
    SHARES
  • https://indrenipost.com/posts/1221
    असोज ३१, २०७८ आइतबार
    नेशनल डिफेन्स कोर्समा सहभागी प्रशिक्षार्थी र अधिकारीहरु आज नेपाल आउँदै

    काठमाडौं । भारतीय जलसेनाका उच्च अधिकारीको नेतृत्वमा भारतीय तथा अन्य देशका सेनाको टोली आज भ्रमणमा नेपाल आउँदैछ ।

    भारतको राष्ट्रिय रक्षा महाविद्यालय (नेशनल डिफेन्स कलेज)मा सञ्चालित नेशनल डिफेन्स कोर्समा सहभागी प्रशिक्षार्थी र अधिकारीहरुले त्यहाँका वरिष्ठ निर्देशक तथा भारतीय जल सेनाका रियर एडमिरल धीरेन भिगको नेतृत्वमा एक साताको नेपाल भ्रमण गर्ने भएको हो ।

    नेपाली सैनिकका प्रवक्ता सहायक रथी सन्तोष वल्लभ पौडेलका अनुसार ३९ सदस्यीय टोलीले आजदेखि कात्तिक ६ गतेसम्म नेपाल भ्रमण गर्नेछ ।

    भ्रमणका क्रममा टोलीले प्रधानमन्त्री, रक्षामन्त्री, अर्थमन्त्री र परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेटघाट गर्ने पौडेलले जानकारी दिए । यस्तै, रक्षा टोलीले जंगी अड्डा भद्रकाली, मध्य कमाण्ड हेडक्वाटर पोखरा र कमाण्ड तथा स्टाफ कलेज शिवपुरीको भ्रमण गर्नेछ ।

    यसका साथै उक्त टोलीद्वारा पशुपतिनाथ, मुक्तिनाथ मन्दिर, होटल एभरेष्ट भ्यु नाम्चे तथा चन्द्रागिरीलगायतका स्थानको भ्रमण तथा नारायणहिटी संग्रहालयको समेत अवलोकन गर्ने कार्यक्रम रहेको पौडेलले बताए ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij