आइतबार, असार ८ गते २०८२ Jun 22 2025 Sunday
images
images

एनआरएनएको निर्वाचन ३० नोभेम्बरमा


  • 910
    SHARES
  • https://indrenipost.com/posts/1238
    असोज ३१, २०७८ आइतबार
    एनआरएनएको निर्वाचन ३० नोभेम्बरमा

    काठमाडौं । गैरआवासीय नेपाली संघ ९एनआरएनए० को निर्वाचन ३० नोभेम्बरमा गर्ने निर्णय भएको छ । एनआरएनएको १०औँ महाधिवेशन तथा निर्वाचन अक्टोबर महिनामा नै हुनुपर्ने थियो । अक्टोबर महिनामा नै निर्वाचन गर्ने गरी एनआरएनएले तयारी थाले पनि प्रतिनिधि छनोटमा बिवाद पछि परराष्ट्र मन्त्रालयले निर्वाचनका कार्यक्रम रोक्न भनेको थियो ।

    तत्कालका लागि रोकिएको निर्वाचन कार्यक्रम प्रतिनिधि छनोट लगायतका समस्याहरु समाधान गरी नोभेम्बर ३० मा गर्ने निर्णय गरिएको एनआरएनएका उपाध्यक्ष डा.बद्री केसीले जानकारी दिए । उनका अनुसार भर्चुअल माध्यमबाट बसेको कार्यसमिति बैठकले वर्तमान कार्यसमितिको कार्यकाल ६ महिना थप गर्ने निर्णय गरेको छ ।

    ‘हामीले कार्यकाल थप्न पाउँने अधिकतम् सीमा भनेको ६ महिना भएकाले भोलि निर्वाचन परसारिहाल्नु पर्दा पुनः थप्नु नपरोस् भनेर यस्तो निर्णय गरेका हौं’ महासचिव केसीले भने, ‘तर निर्वाचन हामी ३० नोभेम्बरमा नै गछौं, जतिसक्दो चाडो निर्वाचन गर्नुपर्छ भन्ने हो ।’

    यस अघि १०औँ महाधिवेशन तथा निर्वाचन २३ देखि २५ अक्टोबरमा गर्ने निर्णय भएपनि परराष्ट्र मा उजूरी परेपछि मन्त्रालयले संस्थाको निर्वाचन सम्बन्धी सम्पूर्ण प्रक्रिया रोक्न पत्राचार गरेको थियो ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij