आइतबार, असार ८ गते २०८२ Jun 22 2025 Sunday
images
images

राजनीति

नेकपा (एकीकृत समाजवादी)को मुखपत्र र बुलेटिन चाँडै प्रकाशन हुने


  • 2.5K
    SHARES
  • https://indrenipost.com/posts/1257
    कात्तिक १, २०७८ सोमबार
    नेकपा (एकीकृत समाजवादी)को मुखपत्र र बुलेटिन चाँडै प्रकाशन हुने

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले ‘समाजवादी’ नामको पार्टीको मुखपत्र प्रकाशन गर्ने भएको छ ।

    त्यसैगरी सो पार्टीले ‘कलम’ नामको बुलेटिन पनि प्रकाशन गरिने जानकारी दिइएको छ । समाजवादको दार्शनिक चिन्तन पार्टीको वैचारिक दृष्टिकोण, विज्ञका लेख तथा रचनालगायत विषयवस्तु समावेश गरी त्रैमासिक रूपमा मुखपत्र प्रकाशनका लागि तयारी भइरहेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । 

    उनका अनुसार यही कात्तिकभित्र बुलेटिन प्रकाशन गर्ने गरी गृहकार्य भइरहेको छ । सत्यतथ्य सूचनामा आधारित बुलेटिनमा पार्टीका विभिन्न वर्गीय संगठनका स्थानीय तह, प्रदेश तथा संघीय गतिविधि समेटिने बताइएको छ । 

    सोमबार काठमाडौंमा आयोजित छलफल कार्यक्रममा सहभागीले ती प्रकाशनलाई व्यवस्थित रूपमा प्रकाशन गर्न देशभर समाचार संकलनको संयन्त्र प्रभावकारी बनाउन, भाषा, साहित्यलाई महत्त्व दिन र सम्पादनका क्षेत्रमा दक्ष जनशक्तिलाई जिम्मेवारी दिन सुझाव दिएका छन् । 

    यही कात्तिकको तेस्रो सातासम्म पार्टीनिकट समाजवादी प्रेस संगठनको भेला गरी घोषणासभा गरिने संगठनका सदस्य विश्वमणि सुवेदीले जानकारी दिए । 

    सो संगठनका संयोजक शम्भु श्रेष्ठलाई पार्टीले हालै प्रचार विभागको उपप्रमुख तोकेको छ । 

  • सम्बन्धित विषय:

  • # नेकपा (एकीकृत समाजवादी)
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij