काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकका विभिन्न क्षेत्रमा अविरल वर्षाका कारण गएको बाढी, पहिरो र डुबानबाट प्रभावितहरुलाई तत्काल उद्धार गर्न निर्देशन दिएका छन् ।
उनले गृहमन्त्री बालकृष्ण खाणलाई सरकारी निवास बालुवाटारमा बोलाएर मुलुकका विभिन्न क्षेत्रमा अविरल वर्षाका कारण गएको बाढी, पहिरो र डुबानबाट प्रभावितहरुलाई तत्काल उद्धार र राहतको व्यवस्था गर्न निर्देशन दिएका हुन् ।
‘सदूरपश्चिमलगायत मुलुकका विभिन्न क्षेत्रमा अविरल वर्षाका कारण गएको बाढी, पहिरो र डुबानबाट प्रभावितहरुलाई तत्काल उद्धार र राहतको व्यवस्था गर्न गृहमन्त्रीलाई निर्देशन गरेको छु,’ उनले तस्बिरसहित सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।