काठमाडौं । नेकपा ९माओवादी केन्द्र०मा केही आयोगको गठन गरिएको छ ।
आज बसेको स्थायी कमिटीको बैठकले १४९ जनाको सल्लाहकार समिति बनाएको छ । त्यस्तै, ९९ सदस्यीय ज्येष्ठ कम्युनिस्ट मञ्च गठन गरिएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।
बैठकले पेशलकुमार खतिवडाको संयोजकत्वमा २५ सदस्यीय लेखा आयोग गठन गरेको छ । बैठकले अनुशासन आयोगको अध्यक्ष टंक राईलाई बनाएको छ । उक्त कमिटी पनि २५ सदस्यीय छ ।
त्यसैगरी, १७५ जनाको विशेष कमिटी बनाइएको प्रवक्ता महराले बताए ।
विष्णुपुकार श्रेष्ठको संयोजकत्वमा यसअघि नै माओवादी केन्द्रको निर्वाचन आयोग गठन गरिएको थियो ।