काठमाडौं । सुदूरपश्चिम प्रदेशमा मनसुनपछिको वर्षाका कारण बाढीपहिरोमा परेर ३० जनाको मृत्यु भएको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरीका अनुसार तीन दिनको अवधिमा बाढीपहिरोमा परेर २४ जना बेपत्ता भएका छन् भने १६ जना घाइते भएका छन् ।
बाढीपहिरोमा परेर सबैभन्दा बढी डोटीमा १५ जनाको मृत्यु भएको छ । यस्तै बझाङमा ८, बैतडीमा ४ र डडेल्धुरामा २ जनाको ज्यान गएको सुदूरपश्चिम प्रदेश प्रहरीका प्रवक्ता एसएसपी विक्रम चन्दले जानकारी दिए ।
उनका अनुसार बझाङमा २१ तथा कैलाली, बैतडी र डोटीमा १र१ जना बेपत्ता भएका छन् ।
यस्तै पहिरोमा परेर डोटीमा ११, डडेल्धुरा र बैतडीमा २र२ तथा बझाङमा एक जना घाइते भएका छन् ।