मंगलबार, साउन २० गते २०८२ Aug 05 2025 Tuesday
images
images

जनतासँग माओवादी भदौ तेस्रो सातादेखि मध्यपहाडी लोकमार्गमा जनजागरण अभियान पुनः सुरु


  • 334
    SHARES
  • https://indrenipost.com/posts/9734
    साउन १९, २०८२ सोमबार
    जनतासँग माओवादी भदौ तेस्रो सातादेखि मध्यपहाडी लोकमार्गमा जनजागरण अभियान पुनः सुरु

    काठमाडौँ, १९ साउन । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले आफ्नो स्थगित जनजागरण अभियानलाई पुनः निरन्तरता दिने भएको छ । पार्टी स्थायी कमिटीको सम्पन्न बैठकले अत्यधिक वर्षाका कारण रोकिएको ‘जनतासँग माओवादी’ विशेष अभियानलाई आगामी भदौ तेस्रो सातादेखि मध्यपहाडी लोकमार्ग केन्द्रित गरी सञ्चालन गर्ने निर्णय गरेको हो ।
    पार्टीका उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाका अनुसार, साउन १६ गतेदेखि सुरु भई आज सम्पन्न भएको स्थायी कमिटी बैठकले पार्टीको आन्तरिक सुदृढीकरण र आगामी कार्यदिशा तय गर्न महत्त्वपूर्ण निर्णयहरू लिएको छ ।
    बैठकले पार्टीको राष्ट्रिय महाधिवेशनको कार्यतालिकालाई पनि अगाडि बढाउने निर्णय गरेको छ । जसअनुसार, यस वर्षको दसैँ लगत्तै केन्द्रीय समितिको बैठक बसी महाधिवेशनको मिति तय गरिनेछ । प्रवक्ता सापकोटाले भने, बैठकले पार्टीको सङ्गठनात्मक एकता र वैचारिक स्पष्टता सुनिश्चित गर्न महत्त्वपूर्ण निर्णय गरेको छ ।
    स्थायी कमिटीले पार्टीभित्र विचारको स्वतन्त्र बहसलाई सम्मान गर्ने तर कार्यान्वयनमा एकरूपता कायम गर्नेमा जोड दिएको छ । साथै, व्यक्तिगत स्वार्थमा आधारित र पार्टी हितविपरीतका कुनै पनि गुटगत गतिविधिलाई निरुत्साहित गर्दै अन्त्य गर्ने सामूहिक सङ्कल्प गरिएको छ ।
    प्रतिगमन र यथास्थितिवादविरुद्ध दृढताका साथ उभिएर सामाजिक–आर्थिक रुपान्तरण र सामाजिक न्यायसहितको समृद्धि आजको राष्ट्रिय कार्यभार भएको निष्कर्षमा बैठक पुगेको छ,ू प्रवक्ता सापकोटाले भने, कार्यभार पूरा गर्न पार्टीको रुपान्तरण र पुनर्गठनको प्रक्रिया थप गतिशील र सशक्त रूपमा अघि बढाउन साङ्गठनिक एकता कायम गर्ने निर्णय गरिएको छ ।
    यसका साथै, बैठकले नेकपा विप्लव लगायत अन्य क्रान्तिकारी शक्तिहरूसँग पार्टी एकताका लागि संवाद अघि बढाउने र समाजवादी मोर्चालाई थप सुदृढ र विस्तार गर्ने निर्णय गरेको छ । बैठकमा पार्टीका विगतका गल्ती र कमजोरीहरूको समीक्षा गर्दै राष्ट्रियता, जनतन्त्र, जनजीविका र सुशासनका विषयमा समसामयिक प्रस्तावहरू पारित गर्दै खबरदारी गरिएको जानकारी दिइएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij