आइतबार, असार ८ गते २०८२ Jun 22 2025 Sunday
images
images

सर्वोच्च अदालत

ओली सरकारले गरेको कर्मचारी समायोजन सर्वोच्चले उल्टाउँदै


  • 919
    SHARES
  • https://indrenipost.com/posts/1350
    कात्तिक ६, २०७८ शनिबार
    ओली सरकारले गरेको कर्मचारी समायोजन सर्वोच्चले उल्टाउँदै

    काठमाडौँ । ३ वर्ष अघि तत्कालीन केपी शर्मा ओली नेतृत्व सरकारले गरेको कर्मचारी समायोजन सर्वोच्चबाट धमाधम उल्टिन थालेको छ । ओली सरकारले गरेको समायोजनमा आफूलाई अन्याय परेको भन्दै अदालतमा मुद्दा दायर गरिएका कर्मचारीको हकमा समायोजनको निर्णय तत्काल कार्यान्वयन नगर्न (नगराउन सर्वोच्चले धमाधम आदेश दिन थालेको छ । 

    सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार अहिलेसम्म २ जना कर्मचारीको हकमा उच्च अदालतबाट र १ सय ९६ जना कर्मचारीको हकमा सर्वोच्चबाट समायोजनको निर्णय कार्यान्वयन नगराउन सरकारको नाममा आदेश आएको छ । 

    ती मध्ये ३४ जना शाखा अधिकृत तहका कर्मचारीलाई सङ्घमा समायोजन गर्न आदेश जारी भएको छ भने बाँकी कर्मचारीको हकमा केन्द्रमा समायोजन गर्ने गरी पद व्यवस्थापन गर्न आदेश जारी गरिएको छ ।  

    सङ्घमा समायोजन गर्न आदेश जारी भएका ३४ जना कर्मचारीको हकमा  सङ्घमा समायोजन गरी हाजिरी समेत गराउन सुरु गरिएको सङ्घीय मन्त्रालयका सहसचिव नारायण अर्यालले बताए । 

    उनको अनुसार बाँकी कर्मचारीहरूले सङ्घमा समायोजन नहुँदासम्म अहिले खटाइएको ठाउँमा हाजिरी गर्ने गरेका छन् । सर्वोच्चको आदेश कार्यान्वयन गर्न ती कर्मचारीहरूलाई पनि सङ्घमा समायोजन गर्न मन्त्रालयले तयारी अघि बढाएको छ । 

    केन्द्रमा दरबन्दी खाली हुँदा हुँदै खाली दरबन्दीलाई लुकाएर आफूलाई अन्यायपूर्वक स्थानीय तह(प्रदेशमा समायोजन गरिएको भन्दै समायोजन उल्ट्याउन माग गरी ती कर्मचारीहरू अदालतमा गएका थिए । अदालतमा गएका कर्मचारीको हकमा सर्वोच्चले अन्तरिम आदेश दिएको छ । 

    केही कर्मचारीको हकमा अन्तिम फैसला हुँदा सोही बमोजिम हुने गरी अहिले समायोजनको निर्णय कार्यान्वयन नगर्न नगराउन आदेश दिइएको छ । केही कर्मचारीको हकमा भने सङ्घमा समायोजन गर्न अन्तिम आदेश जारी भएको छ ।  

    अहिले सर्वोच्चबाट हप्तामा २, ३ वटा यस्ता आदेश आउने जारी हुने गरेका छन् । ‘यसबाट २०७५मा गरिएको समायोजन त्रुटिपूर्ण भएको पुष्टि हुन्छ’ अदालतमा मुद्दा दायर गरेका एक कर्मचारी भन्छन् ।

    २०७५ सालमा तत्कालीन सामान्य मन्त्री लालबाबु पण्डितले सङ्घ, प्रदेश र स्थानीय तहमा गरी १ लाख ३१ जना कर्मचारीको समायोजन गरेका थिए । त्यस बेला उनले विश्वमा हुन नसकेको काम आफ्नो पालामा भएको भन्दै समायोजनको सबै जस लिएका थिए । 

    समायोजन गर्नुअघि सबै कर्मचारीलाई समायोजनको फाराम भर्न लगाएको थियो । धेरैजसो कर्मचारीले समायोजनमा सङ्घ राजेका  थिए । सङ्घ रोजेका कर्मचारीहरूलाई पनि प्रदेश तथा स्थानीय तहमा खटाइएको थियो । ती मध्ये केही कर्मचारी आफूलाई अन्याय परेको भन्दै अदालत पुगेका थिए । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij