आइतबार, असार ८ गते २०८२ Jun 22 2025 Sunday
images
images

सरकार फेरबदलको तयारी

प्रदेश १ का मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

एमाले सरकार ढल्ने निश्चित


  • 1.3K
    SHARES
  • https://indrenipost.com/posts/1359
    कात्तिक ७, २०७८ आइतबार
    प्रदेश १ का मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

    काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले आज विश्वासको मत लिँदैछन् । शुक्रबार प्रदेशसभामा पेश भएको विश्वासको मतसम्बन्धी प्रस्तावमा आज मत विभाजन हुने भएको हो ।

    आइतबार दिउँसो साढे १२ बजे बस्ने प्रदेशसभा बैठकमा मत विभाजनको प्रकृया अगाडि बढ्ने प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए । नेपालको संविधानको धारा १८८ को उपधारा (२) तथा प्रदेश १ को प्रदेश सभा नियमावली २०७४ को नियम १२८ को उपनियम (४) बमोजिम मुख्यमन्त्री आचार्यले पेश गरेका प्रस्तावमाथि छलफल तथा मत विभाजन हुने पराजुलीले बताए ।

    गत भदौ १० मा तत्कालीन मुख्यमन्त्री शेरधन राईले राजीनामा दिएपछि राईकै प्रस्तावमा एमालेको एकल बहुमत भएको दाबीसहित आचार्य मुख्यमन्त्री बनेका थिए । तर‚ एमालेका १० जना सांसद नेकपा एकीकृत समाजवादीमा गएपछि उनी स्पष्ट अल्पमतमा छन् ।

    ९३ जना सांसद रहेको प्रदेशसभामा बहुमतका लागि ४७ सांसद आवश्यक पर्छ। एमालेसँग ४१ जना सांसद मात्रै छन् । नेपाली कांग्रेसका २१, माओवादी केन्द्रका १५, एकीकृत समाजवादीका १० र जनता समाजवादी पार्टीका ३ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका एक एक जना सांसद छन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij