काठमाडौं । मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने दिन आइतबारको प्रदेशसभा बैठक रोक्न नेपाली काँग्रेसले माग गरेको छ ।
पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा प्रदेश १ भ्रमणमा आएकोले प्रदेश सभा स्थगित गर्न काँग्रेसले संसद् सचिवालयमा निवेदन हालेको छ ।
देउवालाई प्रमुख कारण देखाए पनि अन्तर्यमा भने आफ्ना केही सांसदले फ्लोर क्रस गर्ने सूचना पाएर बैठक स्थगित गर्न निवेदन दिएको काँग्रेसकै एक सांसदले बताए ।