विराटनगर । प्रदेश नम्बर–१ प्रदेशसभामा नेपाली काँग्रेस संसदीय दलका नेता राजीव कोइरालाले यहाँ सरकारको नेतृत्व प्याकेजमा सहमति हुनुपर्ने बताएका छन् ।
सरकारको नेतृत्व गर्न नेपाली काँग्रेस तयार रहेको कोइरालाले बताए । आज प्रदेश सभा सचिवालयमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले भने, वाग्मतीमा एउटा र प्रदेश–१ मा अर्को नियम लागु हुँदैन । यहाँ पनि आलोपालो हुनुपर्छ ।
मुख्यमन्त्री भीम आचार्यको विश्वासको मतका लागि सभामुख प्रदीपकुमार भण्डारीले आज प्रदेशसभा बैठक बोलाएका छन् । तर, बैठक रोक्न माग गर्दै काँग्रेस र नेकपा (एमाले)ले प्रदेश सभा सचिवालयमा निवेदन दर्ता गराएका छन् ।
‘फ्लोर क्रस’ गर्ने सूचना आएपछि अहिले काँग्रेस संसदीय दलको बैठक बसिरहेको छ ।