आइतबार, असार ८ गते २०८२ Jun 22 2025 Sunday
images
images

सर्वोच्च अदालत

प्रधानन्यायाधीश र बार पदाधिकारीबीच छलफल सुरु


  • 1.2K
    SHARES
  • https://indrenipost.com/posts/1365
    कात्तिक ७, २०७८ आइतबार
    प्रधानन्यायाधीश र बार पदाधिकारीबीच छलफल सुरु

    काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र नेपाल बार एसोसिएसनका पदाधिकारीबीच सर्वोच्च अदालतमा छलफल सुरु भएको छ ।

    प्रधानन्यायाधीशका बारेमा बाहिर प्रश्न उठाउँदै विरोध सुरु भए पनि यस विषयमा नेपाल बार एसोसिएसनले भने कुनै धारणा सार्वजनिक गरेको छैन ।

    प्रधानन्यायाधीश जबरामाथि कार्यपालिकामा भाग खोजेको तथा न्यायापालिकाको शाख जोगाउन भूमिका नखेलेको आरोप लागाइएको छ ।

    त्यो आरोपपछि न्यायालयमाथिको विशवास घट्ने र प्रधानन्यायाधीश आफैँले विकल्प दिनुपर्ने भन्दै पूर्वन्यायाधीश मञ्चले विज्ञप्ति जारी गरेको थियो ।

    यस्तो अवस्थामा प्रधानन्यायाधीश कसरी प्रस्तुत हुने र न्यायिक निष्पक्षतमा उठेका प्रश्नमा प्रधानन्यायाधीशको कस्तो भूमिका रहनेलगायत विषयमा छलफल हुने बताइएको छ ।

    नेपाल बार एसोसिएसनले समय मागेपछि प्रधानन्यायाधीश जबराले छलफलका लागि समय छुट्ट्याएका हुन् ।

     

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij