आइतबार, असार ८ गते २०८२ Jun 22 2025 Sunday
images
images

एमालेको झेली राजनीति : माओवादी कार्यकर्तालाई एमालेको वडाध्यक्ष बनाएपछि के भयो ?


  • 1.1K
    SHARES
  • https://indrenipost.com/posts/1367
    कात्तिक ७, २०७८ आइतबार
    एमालेको झेली राजनीति : माओवादी कार्यकर्तालाई एमालेको वडाध्यक्ष बनाएपछि के भयो ?

    काठमाडौं । नेकपा (एमाले)को शनिबार ६ हजारभन्दा बढी वडामा अधिवेशन भयो । अधिवेशनमा फरक दलका नेताहरूलाई समेत कमिटीमा राखिएको पाइएको छ ।

    सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर–४ मा नेकपा (माओवादी केन्द्र)का कार्यकर्ता रुद्रप्रसाद सापकोटा एमालेको वडा अध्यक्ष चयन भएका छन् ।

    उनले शनिबार नै एक वक्तव्य जारी गर्दै एमालेका जिम्मेवार व्यक्तिहरूले आफूलाई बोलाएर काम छ भनी वडाध्यक्ष बनाएको दाबी गरेका छन् ।

    एमालेमा आफ्नो आस्था नरहेको भन्दै उनले उक्त पद अस्वीकार गरेका छन् । उनले माओवादी केन्द्रको सदस्यता यसअघि नै नवीकरण गरेको पनि उल्लेख गरेका छन् ।

    yyaduyg.jpg

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij