काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टी संरचना आफ्नो पक्षमा पार्ने फोहोरी खेलमा नेतृत्व तह लाग्दा पार्टीमाथि वैधानिकताको प्रश्न उठ्न थालेको बताएका छन् ।
जनकपुरमा आइतवार नेपाल प्रेस युनियनले गरेको पत्रकार भेटघाटमा बोल्दै नेता सिंहले १३ औं महाधिवेशनबाट चुनिएका सभापति शेरबहादुर देउवासहितका पदाधिकारीको अयोग्यताका कारण पार्टी अवैध हुने अवस्थामा पुगेको आरोप लगाए ।