मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

श्रीमानको लाठी प्रहारबाट श्रीमतीको मृत्यु


  • 1.7K
    SHARES
  • https://indrenipost.com/posts/1570
    कात्तिक २१, २०७८ आइतबार
    श्रीमानको लाठी प्रहारबाट श्रीमतीको मृत्यु

    दाङ । दाङमा श्रीमान्को लाठी प्रहारबाट श्रीमतीको मृत्यु भएको छ । गढवा गाउँपालिका–६ बालापुरका ६० वर्षीय दानबहादुर थापाले ५० वर्षीया श्रीमती सुनिता रोकालाई लाठी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    मदिरा सेवन गरेका थापाले सामान्य विवादका क्रममा श्रीमतीलाई लाठीले टाउको तथा घाँटीमा हिर्काएको र सुनिताको घटनास्थलमै मृत्यु भएको कार्यालयले जनाएको छ । उनी थापाका कान्छी श्रीमती हुन् । हत्या आरोपित थापा भने फरार रहेको र खोजी थालिएको प्रहरीले जनाएको छ ।

    images


    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij