बिहीबार , साउन २९ गते २०८२ Aug 14 2025 Thursday
images
images

२० एसपी र ४१ डिएसपीको सरूवा प्रहरी नेतृत्व फेरबदल


  • 631
    SHARES
  • https://indrenipost.com/posts/9838
    साउन २८, २०८२ बुधबार
    २० एसपी र ४१ डिएसपीको सरूवा प्रहरी नेतृत्व फेरबदल

    काठमाडौं, १३ साउन — नेपाल प्रहरीले एकसाथ २० जना प्रहरी उपरीक्षक एसपी र ४१ जना प्रहरी नायब उपरीक्षक डिएसपी को सरूवा गरेको छ ।
    मंगलबार प्रहरी प्रधान कार्यालयले नयाँ सरूवा सूची सार्वजनिक गरेको हो । हालै बढुवामा परेका ११ जना एसपीलाई पदस्थापन गरिएको छ भने ९ जनालाई सरूवा गरिएको छ ।
    जिल्ला प्रहरी कार्यालयमा प्रमुखको जिम्मेवारी समेत फेरिएको छ । तनहुँमा टेकबहादुर कार्की क्षेत्री, धादिङमा भेषराज रिजाल, उदयपुरमा राजन चापागाईं र बर्दियामा सरोज पौडेललाई नयाँ जिम्मेवारी दिइएको छ ।
    डिएसपी तहमा पनि ४१ जनाको सरूवा गरिएको छ । कतिपय स्थानमा डिएसपी प्रमुखको जिम्मेवारी फेरिएका छन् । यस कदमले जिल्लामा प्रहरी नेतृत्वमा नयाँ रिफ्रेसमेन्ट ल्याउने अपेक्षा गरिएको छ । को कहाँ भन्ने बिस्तृत बिवरण नेपाल प्रहरीको वेवसाडमा राखिएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij