आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

संस्कार-संस्कृति

मिथिलाञ्चलमा सुरु भयो विधिवत् छठपर्व


  • 1.1K
    SHARES
  • https://indrenipost.com/posts/1603
    कात्तिक २२, २०७८ सोमबार
    मिथिलाञ्चलमा सुरु भयो विधिवत् छठपर्व

    जनकपुरधाम । मिथिलाञ्चलसहित देशभर आजदेखि औपचारिक रुपमा छठ पर्व सुरु भएको छ । तराई मधेसको सबैभन्दा ठूलो पर्वको रुपमा रहेको छठ आज ‘नहाय खाय’ विधिबाट औपचारिक रुपमा सुरु भएको हो ।

    छठको पहिलो दिन आज शरीर शुद्ध गर्न नुहाउने दिन हो, जसलाई ‘नहाय–खाए’ भनिन्छ । आजको दिन छठ पर्वको सुरुवातको रुपमा रहेको छ। चार दिनसम्म मनाइने छठ पर्वको पहिलो दिन जनकपुरधामसहित तराई मधेसका छठ व्रतालुहरु नुहाएर ‘अरबा अरबाइन’ खान्छन् । आजदेखि ‘मरुवा’ (कोदो), ‘मसुरीको दाल’ लगायत प्याज, लसुन पर्व सम्पन्न नभएसम्म त्याग गर्नुपर्छ भन्ने प्रचलन रहेको छ ।

    छठ घाट तथा जलासयको साजसज्जामा स्थानीय जुटेका छन् । पोखरी, नदी, कुवालगायतका स्थानलाई मिलाएर साजसज्जाको काममा स्थानीय लागेका हुन् ।

    त्यस्तै छठको दोस्रो दिन मंगलबार दिनभर उपवास रही रातमा ‘खीर’ बनाई देउतालाई चढाएर व्रतालुले खान्छन् । यस विधिलाई ‘खरना’ भनिन्छ । खरनामा ‘मीठा’ र चामलबाट बनेको खिरलाई चढाइने गरिन्छ ।

    त्यस्तै छठको मूल दिन बुधबार अस्ताउँदो सूर्यलाई अर्घ दिइन्छ । त्यसको भोलिपल्ट बिहीबार उदाउँदै गरेको सूर्यलाई अर्घ दिई छठ पर्वको विधिवत रुपमा समापन गरिन्छ । बिहानीको अर्घ दिइसकेपछि व्रतालुहरू प्रसाद ग्रहण गरी आफ्नो उपवास तोड्छन्। जसलाई ‘पारन’ भनिन्छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij