आइतबार, साउन १८ गते २०८२ Aug 03 2025 Sunday
images
images

मुख्यमन्त्री लामाको राजीनामा बागमतीको नेतृत्वमा नयाँ मोड


  • 235
    SHARES
  • https://indrenipost.com/posts/9722
    साउन १८, २०८२ आइतबार
    मुख्यमन्त्री लामाको राजीनामा बागमतीको नेतृत्वमा नयाँ मोड

    हेटौँडा, १८ साउन – बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले पदबाट राजीनामा दिएका छन् । आइतबार आयोजित पत्रकार सम्मेलनमार्फत उनले आफ्नो राजीनामा सार्वजनिक गरेका हुन् ।
    लामाले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको आग्रहपछि राजीनामा दिएको बताएका छन् । “पार्टी सभापति देउवाज्यूसँगको छलफल र पछिल्ला राजनीतिक घटनाक्रमलाई मध्यनजर गर्दै प्रदेश प्रमुख समक्ष राजीनामा बुझाउने निर्णय गरेको छु,” लामाले भने ।
    साउन १४ गते नेपाली कांग्रेसको बागमती प्रदेश संसदीय दलको नेतामा ईन्द्रबहादुर बानियाँ २२ मतसहित विजयी भएका थिए । लामाको पक्षमा १५ मत परेको थियो भने एक मत बदर भएको थियो । बागमती प्रदेशसभामा कांग्रेसका ३७ सांसद छन् ।
    पहिले दल नेताबाट पराजित भए पनि राजीनामा नदिने अडान लिएका लामाले देउवासँगको छलफलपछि मार्गप्रशस्त गर्ने निर्णय गरेका हुन् । देउवाले दलभित्र सहमति कायम गर्न र नयाँ नेतृत्वलाई अवसर दिन सुझाव दिएका थिए ।
    लामाको राजीनापछि बागमतीमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्ने भएको छ ।

  • सम्बन्धित विषय:

  • # माधवकुमार नेपाल
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij