काठमाडौँ, १८ साउनः जलवायु परिवर्तनले नेपालमा पारेको असरबारे विश्वको ध्यानाकर्षण गर्न आगामी भदौ २ र ३ गते अन्तरराष्ट्रिय सम्मेलन आयोजना हुने भएको छ । सभामुख देवराज घिमिरेले स्विट्जरल्यान्डको जेनेभामा सम्पन्न छैटौँ विश्व सम्मेलनबाट फर्किएपछि त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिएका छन ।
उनले जलवायु असरबारे एसिया प्रशान्त क्षेत्रका लागि अर्को कार्यक्रम आउँदो जनवरीमा गर्नेबारे पनि छलफल भएको समेत बताएका छन । सभामुख घिमिरेले सम्मेलनका क्रममा बेलायत, स्विट्जरल्यान्ड, भूटानलगायतका सभामुखहरूसँग द्विपक्षीय भेटवार्ता गरेका थिए ।