आइतबार, साउन १८ गते २०८२ Aug 03 2025 Sunday
images
images

गल्ती गर्नेले आत्मालोचना गर्नैपर्छ—अध्यक्ष प्रचण्ड


  • 262
    SHARES
  • https://indrenipost.com/posts/9723
    साउन १८, २०८२ आइतबार
    गल्ती गर्नेले आत्मालोचना गर्नैपर्छ—अध्यक्ष प्रचण्ड

    काठमाडौँ, १८ साउन — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्र अनुशासन र जिम्मेवारीलाई कडाइका साथ पालना गर्नुपर्ने कुरा बताएका छन् । आइतबार बसेको स्थायी समिति बैठकपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले गल्ती गर्नेले आत्मालोचना गर्नुपर्ने स्पष्ट पारे ।
    “बैठक चलिरहेको छ। जसले गल्ती गर्‍यो उसले आत्मालोचना गर्नुपर्छ,” अध्यक्ष प्रचण्डले भने ।
    पार्टीको आन्तरिक विषयलाई बाहिर ल्याइएकोप्रति असन्तुष्टि जनाउँदै प्रचण्डले बैठकको सुरुवातमै उपमहासचिव जनार्दन शर्मालाई लक्षित गर्दै आत्मालोचना गर्न सुझाव दिएका थिए । उनका अनुसार पार्टी अनुशासनलाई उल्लंघन गर्ने क्रियाकलापहरू सह्य नहुने बताए ।
    उता उपमहासचिव शर्माले प्रचण्डको भनाइलाई जवाफ दिँदै आफू पनि आत्मालोचना गर्न तयार रहेको बताएका थिए । “यदि अध्यक्ष कमरेडले आजको बैठकमा आत्मालोचना गर्नुहुन्छ भने, म पनि गर्न तयार छु,” शर्माले भनेका थिए ।
    पार्टीभित्र बढ्दो असन्तोष, सूचना चुहावट र एकता कमजोर बनाउने गतिविधिबीच प्रचण्डले यस्तो कडा सन्देश दिएका हुन् । पछिल्लो समय माओवादी केन्द्रभित्र आन्तरिक गुटबन्दी, असहमति र वैचारिक मतभेदहरू सतहमा आएका छन् ।
    स्थायी समितिको बैठक अझै जारी रहेको छ भने नेतृत्वले पार्टी सुदृढीकरण, आन्तरिक अनुशासन तथा आगामी रणनीतिका विषयमा व्यापक छलफल गरिरहेको बताइएको छ । अध्यक्ष प्रचण्डको पछिल्लो अभिव्यक्तिलाई पार्टी अनुशासन कायम गर्न र आन्तरिक विवाद नियन्त्रण गर्ने प्रयासका रूपमा हेरिएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित
    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij