मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

समाचार

वर्षाका कारण देशभर २४८ सडकमा क्षति


  • 2.0K
    SHARES
  • https://indrenipost.com/posts/1675
    कात्तिक २४, २०७८ बुधबार
    वर्षाका कारण देशभर २४८ सडकमा क्षति

    काठमाडौँ । यस वर्ष वर्षाका कारण देशभरका २४८ सडकमा क्षति पुगेको छ । क्षति पुगेका दुई सय ४६ सडक पुनः निर्माण गरिए पनि अझै दुई सडक खुल्न सकेको छैन । गत जेठ अन्तिम सातादेखि कात्तिकको पहिलो सातासम्म परेको वर्षाका कारण ती सडकमा क्षति पुगेको हो ।

    बझाङको जालिबगर र नारुगाडमा सडक अवरुद्ध छ । सेती नदीले दुई स्थानमा गरी झन्डै पाँच सय मिटर सडक बगाएको छ । नदीमा पानीको बहाव कम भएपछि मात्रै सडक खुलाउन सकिने सडक विभागले जनाएको छ ।

    यस्तै सुर्खेत–दैलेख–महावुलेख–गाल्जे नाग्मा–गमगढी–नाक्चेलाग्ना सडकअन्तर्गत जुम्लाको जिया भिरमा सडक अवरुद्ध छ ।

    कात्तिक १७ गते सुक्खा पहिराका कारण सो सडक अवरुद्ध भएको थियो । उपकरणको प्रयोग गरी सडक खुलाउने प्रयास भइरहेको छ ।

    जेठदेखि १४६ सडक आंशिक रुपमा मात्रै सञ्चालनमा रहेका विभागले जनाएको छ । हाल एक सय सडक मात्रै पूर्णरुपमा सञ्चालनमा छन् । सडक अवरुद्ध हुनासाथ सवारीसाधन एकतर्फी रुपमा सञ्चालनको व्यवस्था गरिएको थियो ।

    वर्षा रोकिएकाले दुईतर्फी सडक खुलाउने विभागको योजना छ ।

    विगत वर्षभन्दा बढी वर्षा भएकाले यस वर्ष सडक र पुलमा बढी क्षति पुगेको हो । सबैभन्दा लामो समयसम्म बेँसीसहर–चामे सडक अवरुद्ध भएको थियो ।

    कतिपय सडक असारमा अवरुद्ध अवरुद्ध भए पनि कात्तिकको वर्षाले पुनः अवरुद्ध हुन पुगेका थिए ।

    images


    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij