बिहीबार , साउन २९ गते २०८२ Aug 14 2025 Thursday
images
images

राजधानीमा बिहीबारदेखि एन्फा महिला लिग छनोट, उत्कृष्ट ५ टोलीले मुख्य लिगमा स्थान पाउने


  • 298
    SHARES
  • https://indrenipost.com/posts/9834
    साउन २८, २०८२ बुधबार
    राजधानीमा बिहीबारदेखि एन्फा महिला लिग छनोट, उत्कृष्ट ५ टोलीले मुख्य लिगमा स्थान पाउने

    काठमाडौँ, २८ साउन — अखिल नेपाल फुटबल सङ्घ एन्फा को आयोजनामा राजधानीमा बिहीबारदेखि महिला लिग छनोट प्रतियोगिता सुरु हुँदैछ । प्रतियोगितामा भाग लिने १४ टोलीमध्ये उत्कृष्ट पाँच टोली एन्फा महिला लिगमा स्थान बनाउने छन् ।
    एन्फा प्रवक्ता सुरेश शाहले आज आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिएका छन । उद्घाटन खेल दिउँसो १ बजे एफसी रियल र छहारी फुटबल क्लब बीच हुनेछ ।
    प्रतियोगिता सातदोबाटोस्थित एन्फा कम्प्लेक्स र च्यासल मैदानमा आयोजना हुनेछ । सहभागी टोलीहरूलाई दुई समूहमा विभाजन गरिएको छ ।
    समूह ‘ए’ मा रहेका टोलीहरू चर्च ब्वाइज युनाइटेड, छहारी फुटबल क्लब, राप्ती एफसी, सिन्धुपाल्चोक एफसी, स्टुडेन्ट फुटबल क्लब, आरबी रिसोर्ट एन्डबीच फुटबल, एफसी रियल र समूह ‘बी’ मा रहेका टोलीहरू, एनआरटी, सङ्कटा एफसी, बुटवल लुम्बिनी एफसी, एन्बिएम पोखरा गल्र्स एफसी, झापा एफसी, लम्की फुटबल एन्ड ट्रेनिङ सेन्टर र नेपाल खेलकुद क्लब प्रतियोगितामा आगामी हप्ता सम्म खेलेर उत्कृष्ट टोलीहरू निर्धारण हुनेछ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij