काठमाडौँ, २८ साउन — पछिल्लो एक वर्षमा काठमाडौँ जिल्लामा कुल २७२२ आगलागीका घटना दर्ता भएका छन् ।
जिल्ला प्रहरी परिसरका अनुसार, सबैभन्दा बढी आगलागी बिजुलीका पोल, ट्रान्सफर्मर र घरकोठा मिटरबक्समा ‘सट’ भएर भएको छ ।
बिजुलीका पोल ट्रान्सफर्मर १८७६ घटना
घरकोठा ४०७ घटना
ग्यास चुहावट ४५ घटना
वनरजङ्गल ६८ घटना
अन्य कारण ३२६ घटना
प्रहरी सूचना पाएसँगै तत्काल समन्वयमा जनशक्ति परिचालन गरिएको छ । घटनास्थलमा प्रहरी पुग्ने समय
४२ घटनामा ५ मिनेटभित्र
२४ घटनामा १० मिनेट
२१ घटनामा १५ मिनेट
९ घटनामा २० मिनेट
२ घटनामा २५ मिनेट
१ घटनामा ३० मिनेट
प्रहरीले हटलाइन, एसएमएस, सिसिटिभी, सामाजिक सञ्जाल, मोबाइल एप र रेडियो सेट मार्फत सूचना प्राप्त गरी तत्काल कार्रवाई गर्ने व्यवस्था मिलाएको छ । गत वर्ष ४२८ हजारभन्दा बढी अपराध सूचना प्राप्त भएको थियो ।
यसैगरी, काठमाडौँमा धर्ना, विरोध र्याली, अनसन र तालाबन्दीका घटनाहरू पनि बढी भएका छन् ।
नेपालभरको धर्ना ४२७३ काठमाडौँमा
विरोध र्याली २१६१ काठमाडौँमा
उपत्यकाभित्र काठमाडौँमा मात्र ८१६८ धर्ना र ७४ विरोध र्याली भएका थिए
यस्ता घटनाहरू नियन्त्रण गर्न ३८६,९४० प्रहरी जनशक्ति परिचालन गरिएको थियो । गत वर्ष काठमाडौँमा शिक्षक, सहकारी, स्वर्गद्वारी, पूर्वराजा समर्थित तथा विभिन्न राजनीतिक दल समूहका विरोध प्रदर्शन भएका थिए ।