आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

रामजानकी विवाहपञ्चमी महोत्सवको तयारी सुरु


  • 847
    SHARES
  • https://indrenipost.com/posts/1749
    कात्तिक २६, २०७८ शुक्रबार
    रामजानकी विवाहपञ्चमी महोत्सवको तयारी सुरु

    जनकपुरधाम । प्रत्येक वर्ष जनकपुरधाममा हुने धार्मिक तथा ऐतिहासिक रामजानकी विवाहपञ्चमी महोत्सवको तयारी थालिएको छ । १७ देखि सप्ताह व्यापी मनाइने विवाहपञ्चमी महोत्सव भव्य बनाउन जानकी मन्दिरले तयारी थालेको हो ।

    विवाहपञ्चमीलाई भव्य बनाउन मन्दिरले मूल समारोह समितिका साथै विभिन्न उपसमिति गठन गरिने जानकी मन्दिरमा महन्त रामतपेशर दासले बताए । शुक्रबार पत्रकार सम्मेलन गरी मन्दिरले विवाहपञ्चमीको तयारीको विषयमा जानकारी दिएको हो ।

    विगतका वर्षहरूमा विवाहपञ्चमीमा सहभागी नेपाल तथा भारतका विशिष्ट व्यक्तिहरूको सहभागिता हुने गरेको भए पनि मन्दिरले अहिले सम्म त्यसको विषय जानकारी गराएका छैन । महन्त दासले भने,‘अहिले सम्म अतिथिहरूको फिक्स हुन सकेको छैन, फिक्स भएपछि यहाँहरूलाई जानकारी गराउँछौं ।’

    विवाहपञ्चमीको तयारीस्वरूप अहिले मन्दिर परिसरमा पंडाल निर्माण, सौन्दर्यकरण, सरसफाइका काम सुरु गरिसकेको छ । यसैबीच,विवाहपञ्चमीको अवसरमा प्रत्येक वर्ष जस्तै यस वर्ष पनि केही दिनका लागि माछा-मासु र मदिरा बिक्री वितरणमा प्रतिबन्ध लगाइने स्थानीय प्रशासनले जनाएको छ । 

  • सम्बन्धित विषय:

  • # रामजानकी विवाहपञ्चमी
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij