बुधबार, असार ४ गते २०८२ Jun 18 2025 Wednesday
images
images

कक्षा १२ को ग्रेडवृद्धि परीक्षा माघ २ र ३ गते हुने (तालिका सहित)


  • 3.7K
    SHARES
  • https://indrenipost.com/posts/2198
    मंसिर १९, २०७८ आइतबार
    कक्षा १२ को ग्रेडवृद्धि  परीक्षा  माघ २ र ३ गते हुने (तालिका सहित)

    काठमाडौं । कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षा आगामी माघ २ र ३ गते सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको परीक्षा समय तालिकाअनुसार परीक्षा बिहान ११ बजेदेखि २ बजेसम्म हुनेछ । 

    बोर्डले गत शुक्रबार नतिजा सार्वजनिक गरेको थियो । नतिजामा कम जीपीए प्राप्त गरेका विद्यार्थीले ग्रेडवृद्धि परीक्षा दिन पाउने बोर्डले जनाएको छ ।

    बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालका अनुसार ३ लाख ७४ हजार १५ परीक्षार्थीमध्ये ७ हजार ३६ जनाले ए प्लस ग्रेड ल्याएका छन् ।

    ४८ हजार २ सय ३९ जनाले ए ग्रेड ल्याएका छन् । त्यस्तै बी प्लस ल्याउनेमा ७० हजार १ जना परीक्षार्थी छन् । बी ग्रेड ल्याउनेमा ९९ हजार ५ सय ३७ छन् । 

    ७५ हजार ८८ जना परीक्षार्थीले सी प्लस ग्रेड ल्याएका छन् । सी ल्याउनेमा २४ हजार ५ सय १५ जना छन् ।

    डी प्लस ल्याउनेमा ३ हजार ८ सय ७५ परीक्षार्थी छन् भने डी प्लस ल्याउनेमा २ सय ९६ जना छन् । १० हजार ७३ परीक्षार्थीले ई ग्रेड ल्याएका छन् ।

    exam1.jpg

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij