शनिबार, साउन ३१ गते २०८२ Aug 16 2025 Saturday
images
images

श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर मनाइँदै


  • 370
    SHARES
  • https://indrenipost.com/posts/9857
    साउन ३१, २०८२ शनिबार
    श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर मनाइँदै

    काठमाडौँ, ३१ साउन – भगवान् श्रीकृष्णको जन्मदिनका अवसरमा आज देशभर ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व पूजाआराधना, व्रत, भजन–कीर्तन र जाग्राम सहित श्रद्धा–भक्तिका साथ मनाइँदैछ ।
    द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा विष्णुको आठौँ अवतारका रूपमा जन्मनुभएका श्रीकृष्णलाई ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिन्छ । अर्जुनलाई युद्धभूमि कुरुक्षेत्रमा दिनुभएको उपदेश ‘श्रीमद्भागवत गीता’ पवित्र ग्रन्थको रूपमा विश्वभर प्रसिद्ध छ ।
    बाल्यकालदेखि नै दिव्य लीलाका कारण चर्चित श्रीकृष्णले कंश, जरासन्ध, शिशुपाललगायतका दानवी प्रवृत्तिको संहार गर्नुभएको पौराणिक ग्रन्थहरूमा उल्लेख छ ।
    यस अवसरमा पाटन मङ्गलबजारस्थित प्रसिद्ध कृष्ण मन्दिर, बूढानीलकण्ठस्थित इस्कोन मन्दिर, कागेश्वरी मनोहरा नगरपालिकामा रहेको नवतन धामलगायतका विभिन्न मन्दिरमा भक्तजनको भीड लागेको छ । राजधानीका विभिन्न धार्मिक सङ्घसंस्थाले झाँकी, शोभायात्रा र रथयात्रा समेत आयोजना गरेका छन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij