शनिबार, साउन ३१ गते २०८२ Aug 16 2025 Saturday
images
images

बिपी राजमार्गमा थप १५ दिन राति सवारी सञ्चालन बन्द


  • 217
    SHARES
  • https://indrenipost.com/posts/9860
    साउन ३१, २०८२ शनिबार
    बिपी राजमार्गमा थप १५ दिन राति सवारी सञ्चालन बन्द

    काभ्रेपलाञ्चोक, ३१ साउन – मनसुनको जोखिम उच्च रहेकाले बिपी राजमार्गमा राति सवारी सञ्चालनमा रोक लगाउने निर्णय फेरि १५ दिनका लागि थपिएको छ ।
    जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकका अनुसार भदौ १ गतेदेखि १५ गतेसम्म हरेक दिन साँझ ५ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म यात्रुवाहक तथा निजी सवारी सञ्चालनमा बन्द रहनेछ ।
    यो निर्णय शुक्रबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले गरेको हो । रोक काभ्रेभञ्ज्याङदेखि सिन्धुली–सीमा नेपालथोकसम्म लागू हुनेछ ।
    सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठ का अनुसार मनसुनका कारण काभ्रेपलाञ्चोकको काभ्रेभञ्ज्याङदेखि सिन्धुलीको खुर्कोट खण्डसम्मका विभिन्न स्थानमा पहिरो र बाढीको जोखिम रहेकाले सवारी सञ्चालनमा रोक लगाइएको हो । यस अवधिमा काठमाडौँबाट जाने सवारी काभ्रेभञ्ज्याङमै रोकिने र काठमाडौँ फर्कने सवारी नेपालथोकमै रोकिने व्यवस्था गरिएको छ ।
    यसअघि पनि असार ७ गतेदेखि मनसुनको सक्रियताका कारण सुरक्षासम्बन्धी समितिहरूको अन्तरजिल्ला समन्वय बैठकले राजमार्गमा बेलाबेला रात्रीकालीन रोक लगाउँदै आएको थियो ।
    गत वर्ष असोजमा आएको भीषण बाढीपहिरोले राजमार्गको ८४ किमी क्षेत्रमा ठूलो क्षति पुर्‍याएको थियो । विशेषगरी चौकीडाँडादेखि वर्षेखोलासम्म सडक बगाएको हुँदा अस्थायी रूपमा मात्र यातायात सञ्चालन हुँदै आएको छ ।
    अहिले क्षतिग्रस्त खण्डलाई स्थायी पुनर्निर्माणका लागि चार भागमा विभाजन गरी ठेक्का प्रक्रिया अघि बढाइएको प्रशासनले जनाएको छ ।
    पूर्वी नेपाललाई छोटो दूरीबाट राजधानीसँग जोड्ने मुख्य मार्ग मानिने बिपी राजमार्गमा दैनिक हजारौँ सवारीसाधन सञ्चालन हुने गर्छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij