शनिबार, साउन ३१ गते २०८२ Aug 16 2025 Saturday
images
images

सर्लाहीमा गोली प्रहारबाट एक जनाको मृत्यु


  • 208
    SHARES
  • https://indrenipost.com/posts/9859
    साउन ३१, २०८२ शनिबार
    सर्लाहीमा गोली प्रहारबाट एक जनाको मृत्यु

    मलङ्गवा सर्लाही, ३१ साउनः सर्लाहीको हरिपुर्वा नगरपालिका–६ मा अज्ञात व्यक्तिको गोली प्रहारबाट ४५ वर्षीय रामपुकार राय यादवको मृत्यु भएको छ ।
    प्रहरी नायब उपरीक्षक डीएसपी सरोज राईका अनुसार शुक्रबार साँझ यादव आफ्नै घरको आँगनमा छरछिमेकीसँग बसिरहेका बेला मोटरसाइकलमा आएका दुई अपरिचित व्यक्तिले ‘रामपुकार को हो’ भनी सोधी टाउकोमा गोली प्रहार गरेका थिए ।
    गम्भीर घाइते भएका यादवलाई महोत्तरीको सोनामा गाउँपालिका–१, पर्सा गाउँस्थित स्वास्थ्य संस्थामा लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।
    गोली प्रहार गर्ने व्यक्तिमध्ये एकजना भाग्दै गर्दा हरिपुर्वा–बसन्तपुर सडकखण्डमा दुर्घटनामा परेका थिए । उनी घाइते अवस्थामा प्रहरी निगरानीमा जनकपुरमा उपचाररत छन् भने अर्का फरार रहेको प्रहरीले जनाएको छ । दुवै जनाको पहिचान भइसकेको डीएसपी राईले जानकारी दिएका छन ।
    मृतक यादव केही वर्षअघि मलङ्गवास्थित एक निजी विद्यालयमा शिक्षक रहेका थिए । पछिल्लो समय खेतीपातीमा संलग्न हुँदै गाउँघरमा ऋण लगानी गर्ने काम समेत गर्दै आएका थिए ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij