सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

अन्तराष्ट्रिय

नोबेल पुरस्कार विजेता प्रजातन्त्रवादी नेतृ आङ सान सुकी जेलमा


  • 1.8K
    SHARES
  • https://indrenipost.com/posts/2208
    मंसिर २०, २०७८ सोमबार
    नोबेल पुरस्कार विजेता प्रजातन्त्रवादी नेतृ आङ सान सुकी जेलमा

    म्यानमारकी नोबेल शान्ति पुरस्कार विजेता प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई अदालतले चार वर्षको जेल सजाय सुनाएको छ । समाचार संस्था एएफपीका अनुसार सरकार प्रवक्ताले ७६ वर्षीया सुकीलाई चार वर्ष जेल सजाय हुने जानकारी दिएका छन् ।

    सोमबार एक अदालतले सुकीलाई सेनाविरूद्ध नागरिकलाई भड्काएको, कोभिड(१९ रोकथामका मापदण्ड उल्लंघन गरेको आरोपमा दोषी ठहर गर्दै जेल सजाय सुनाएको हो ।

    उनीमाथि सेनाले भ्रष्टाचार गरेको, गैरकानुनी रूपमा वाकीटकी राखेकोलगायत धेरै आरोप लगाएको छ । उनीमाथि लागेका सबै अभियोगमा अदालतले उनलाई दोषी ठहर्‍याए उनले आजीवन काराबासको सजाय पाउने देखिन्छ ।

    गत वर्ष फेब्रुअरी १ मा म्यानमारको सेनाले जननिर्वाचित सरकारलाई अपदस्त गरेर सुकीलाई नियन्त्रणमा लिएको थियो । त्यसयता उनी सार्वजनिक रूपमा देखिएकी छैनन् भने बन्द कोठाभित्र उनको मुद्दाको सुनुवाइ भएको थियो ।

    सैनिक कूभन्दा केही महिनाअघि गत वर्षको नोभेम्बरमा भएको आम निर्वाचनमा धाँधली भएको भन्दै सेनाले आफूले निष्पक्ष चुनाव गराउने बताएको थियो । उक्त चुनावमा सुकीको नेसनल लिग फर डेमोक्रेसी (एनएलडी)ले बहुमत ल्याएको थियो ।

    सेनाले कू गरेपछि म्यानमारमा दिनदिनै जसो प्रदर्शनहरू भइरहेका छन् । ती प्रदर्शनका क्रममा भएका दमनमा अहिलेसम्म १३ सय बढी नागरिकले ज्यान गुमाएका छन् । आइतबारमात्रै रंगुन सहरमा भएको एउटा प्रदर्शनमा सेनाले गाडी कुदाएको थियो ।

    images


    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij