मंगलबार, साउन २० गते २०८२ Aug 05 2025 Tuesday
images
images

बजेट नल्याएका स्थानीय तहलाई सहजीकरण गर्न मन्त्रालयको तीन टोली खटिने


  • 415
    SHARES
  • https://indrenipost.com/posts/9739
    साउन २०, २०८२ मंगलबार
    बजेट नल्याएका स्थानीय तहलाई सहजीकरण गर्न मन्त्रालयको तीन टोली खटिने

    काठमाडौँ, २० साउन – सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रम पारित गर्न नसकेका स्थानीय तहलाई सहजीकरण गर्न तीन वटा टोली खटाउने भएको छ ।
    मन्त्री भगवती न्यौपानेको निर्देशनमा मन्त्रालयका सहसचिवको नेतृत्वमा स्थलगत छलफलमार्फत समस्या समाधानका लागि कालीप्रसाद पराजुली, प्रकाश दाहाल र रुद्रसिंह तामाङको नेतृत्वमा टोली खटिने निर्णय भएको हो ।
    टोलीमा गाउँपालिका राष्ट्रिय महासङ्घ, नगरपालिका सङ्घ र जिल्ला समन्वय समितिका प्रतिनिधिहरू समेत रहने छन् । साउन २१ गतेदेखि ती टोलीले विभिन्न स्थानीय तहमा बजेट पारित प्रक्रियालाई सहजीकरण गर्ने मन्त्रालयले जनाएको छ ।
    संविधान र कानुनले तोकेको समयमै बजेट पारित गर्नुपर्ने व्यवस्था भए पनि केही स्थानीय तहले अझै बजेट ल्याउन सकेका छैनन् । मन्त्रालयले यो विषयलाई गम्भीरतापूर्वक लिएर आवश्यक पहल थालेको हो ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij